हेटौंडा अस्पताललाई मातृ शिशु सेवा संचालनका लागि भवन निर्माण गर्न ८० लाख दिने

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले मातृ शिशु सेवा संचालनको लागि भवन निर्माण गर्न हेटौंडा अस्पताललाई ८० लाख रुपैयाँ दिने भएको छ ।
मंगलबार हेटौंडा उपमहानगरपालिका र अस्पताल व्यवस्थापन तथा विकास समितिबीच भवन निर्माणको लागि उक्त रकम उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजेश प्रसाई र उपमहानगरपालिकाको पुर्वाधार विकास महाशाखा प्रमुख सत्यनारायण शाहले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार, उपमहानगरपालिकाले मातृ शिशु सेवा संचालनका लागि भवन निर्माण गर्न ३ किस्तामा उक्त रकम अस्पताललाई उपलब्ध गराउने भएको उल्लेख छ ।