राष्ट्रिय दलहरूको बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०८० भाद्र ६, बुधबार ०९:४६
file-photo

काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।

बुधबार शीर्ष नेताहरूको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रूप दिने भनिए पनि शीर्ष नेताको बैठक पुनः बस्ने भएको हो ।

मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरूको बैठक स्थगित भएको थियो ।