प्रतिनिधि सभा बैठक जारी

तु खबर संवाददाता
२०८० भाद्र ६, बुधबार १६:२८

काठमाडौं । हाल प्रतिनिधि सभा बैठक जारी छ । झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभा बैठक बुधवारदेखि खुलेको हो ।

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच २ बुँदे सहमति भएसँगै प्रतिनिधि सभा बैठक खुलेको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग नबनेसम्म संसद बैठक चल्न नदिने अडान लिँदै संघीय संसदको दुवै सदनको बैठक गत साउन १० गतेदेखि अवरुद्ध पाँर्दै आएको थियो ।

संसदको बुधबारको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्बोधन गरेका छन् । उनले दलहरुबीच भएको सहमति सदनलाई जानकारी गराएका छन् ।