एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहनेछ ।
बैठकको पहिलो दिन हिजो अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आजबाट बैठकमा अध्यक्ष नेपालको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । साथै बैठकमा पेस भएका लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदनमाथि पनि छलफल हुने भएको छ ।
पार्टीले आगामी फागुनमा महाधिवेशन गर्ने तयारीका साथ कार्यक्रमहरूलाई अघि बढाउँदै आएको छ ।
