राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार

तु खबर संवाददाता
२०८० भाद्र ५, मंगलवार ०९:०५
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ ।

राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे शीतल निवासमा बस्ने गरी बोलाइएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको हो ।

राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकाले सर्वदलीय बैठकमा आफूहरु सहभागिता नरहने एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने कार्यसूची रहेको छ ।