खोलाले बगाएर वृद्धाको मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र ५, मंगलवार ०८:५८
File Photo

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा सोमबार खोलाले बगाएर एक जना वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पथरीशनिश्चरे–६ की ७० वर्षीया भीरमाया श्रेष्ठ रहेका छन् । उनको तीर्थ खोलाले बगाएर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सोमबार सवा १२ बजेको समयमा खोला तर्ने क्रममा उनलाई तीर्थ खोलाले बगाएको थियो ।

खोलाले बगाएर बेपत्ता भएका उनलाई दुई सय मिटर तल रुखको जरामा अल्झिरहेको अवस्थामा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।