राष्ट्रपति पौडेलले आह्वान गरिएको सर्वदलीय बैठक बस्दै

तु खबर संवाददाता
२०८० भाद्र ५, मंगलवार ०८:१५
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन् ।

बैठक विहान साढे ८ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बस्ने गरी आह्वान गरिएको हो । राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुनेछ ।

राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए ।

उनको सचिवालयका अनुसार, राष्ट्रपति भएपछि पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व भएका सबै दलसँग छलफल लागेका हन् ।