समाचार
तीन दिनदेखी बेपत्ता किशोर मृत अवस्थामा फेला
बाँके । बाँकेको खजुरा गाउँपालिका–७ स्थित जेठी नालामा डुबेर तीन दिनदेखि बेपत्ता भएका एक किशोर मृत अवस्थामा फेला परेका छन् । जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका–६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सुनार गत बुधबार अपराह्न ४...
चीनको हेबई प्रान्तमा बाढीमा परेर २९ जनाको मृत्यु
बेइजिङ । चीनको हेबेई प्रान्तमा बाढीमा परेर २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । चीनको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सका अनुसार बाढीका कारण हेबेईबाट १७ लाख मानिसलाई सुरक्षित स्थानमा विस्थापित गरिएको छ । साथै, चीनको हेबेई प्रान्तमा प्राकृतिक प्रकोपका कारण करिब ९५.८११ अर्ब युआनको क्षति...
सामाजिक संजालबाट ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । सामाजिक संजालबाट ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–९ बस्ने ५५ वर्षीया कमला देवी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सामाजिक संजाल टिकटक र वाट्स एपमार्फत कुराकानी गर्ने क्रममा आफूलाई यूकेको नागरिक भन्दै पीडितलाई विभिन्न गिफ्टहरु पठाएको...
बरामको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति विस्तार
मकवानपुर । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समितीले पुर्णता पाएको छ । शुक्रवार बुद्धबहादुर ब्रम्ह (बराम) को नेतृत्वमा १७ सदस्यीय कार्यसमिति विस्तार गरिएको हो । यस्तै, समितीको बरिष्ठ उपाध्यक्षमा बिनोद तामाङ (दिपक) र उपाध्यक्षद्वय मो. सकिल अहमद र आकाश यादव चयन भएका छन् । त्यस्तै, सचिव पदमा...
शनिबार यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहनुका साथै भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव रहेको मौस पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती,...
सांसद शर्मालाई थुनामा नराख्न जिल्ला अदालतको आदेश
काठमाडौं । प्रतिनिधि सभा सांसद तथा डा. सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौंले थुनामा नराखिकन अनुसन्धान गर्न पनि केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको छ । प्रहरीले उनलाई म्याद थपका लागि अदालतमा...
घरायसी विवाद हुँदा ९० वर्षीय बुबाको हत्या, छोरा पक्राउ
बारा । बारामा शुक्रबार घरायसी विवाद हुँदा एक पुरुषले आफ्नै ९० वर्षीय बुबाको हत्या गरेका छन् । जिल्लाको शुक्रबार मध्याह्न जितपुर सिमरा उपमहानगरपालिकास्थित वडा नम्बर १६ को टाँगीया बस्ने ६० वर्षीय दिलबहादुर घलानले आफ्नै बुबा माइतसिं घलानको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आफ्नै बुबाको हत्या गर्ने...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखाको मेलुङ गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१ बस्ने ३६ वर्षीय दिनेश कोइरालालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई काठमाडौं चन्द्रागिरीबाट पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१ भाटभटेनीस्थित राधा देवी गुप्रका संचालक दिनेशले...
राष्ट्रिय सभाको बैठक साउन ३१ गतेसम्मका लागि स्थगित
काठमाडौं । राष्ट्रिय सभाको बैठक साउन ३१ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार ११ बजे बसेको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो । एमालेले गरेको बैठक अवरोधको विरोधमा सत्तापक्षका सांसदहरु पनि उभिएका थिए ।...
मकवानपुरमा १०३ जनामा डेंगू संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा डेंगू संक्रमितको संख्या १०३ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या १०३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो । जिल्लामा सबैभन्दा धेरै संक्रमित हेटौंडा...










