पेस्तोलसहित २ जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र ३, आईतवार ०९:५७
file-photo

काठमाडौं । सर्लाहीमा दुई वटा पेस्तोलसहित प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहीकै हरिपुर्वा नगरपालिका–६ का प्रकाश यादव र जीवन राय यादव रहेका छन् । उनीहरुलाई सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनीहरू बिआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका–६ हुँदै भारतबाट नेपाल आउँदै थिए । चेकजाँचका क्रममा पेस्तोल र गोली भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको छ । बरामद सामानसहित दुवै जनालाई कारबाहीका लागि शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको सशस्त्रले जनाएको छ ।