खेलकुद विकास परिषद् बागमतीद्वारा अन्तर प्रदेश खेलकुदको आयोजना गर्ने

मकवानपुर । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुदको आयोजना गर्ने भएको छ ।
परिषद्का अध्यक्ष सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा आइतबार काठमाडौंमा बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले आगामी फागुन २४ गतेदेखि ३० गतेसम्म राष्ट्रिय खेलकुदको आयोजना गर्ने निर्णय गरेको परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।
उनका अनुसार, प्रतियोगिता आयोजना स्थान भने तय भइसकेको छैन । प्रतियोगितामा ७ प्रदेशका खेलाडीहरुको सहभागिता रहने छन् ।
अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा कम्तीमा १३ खेल समावेश गरिने भएको छ ।