समाजवादी मोर्चाको बैठक जारी

तु खबर संवाददाता
२०८० भाद्र ४, सोमबार ०८:१६
file-photo

काठमाडौं । समाजवादी मोर्चाको बैठक हाल जारी छ । बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू सहभागी रहेका छन् ।

बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भइरहेको छ ।