समाजवादी मोर्चाको बैठक सोमबारसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०८० भाद्र ३, आईतवार १७:१७
file-photo

काठमाडौं । आइतबार साँझका लागि आह्वान गरिएको चार दलीय समाजवादी मोर्चाको बैठक स्थगित भएको छ ।

आइतबार साँझ ६ बस्ने बस्ने गरी आह्वान गरिएको उक्त बैठक सोमबारसम्मका लागि स्थगित भएको हो । बैठक सोमबार बिहान साढे ७ बजे बस्नेगरी स्थगित भएको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

मोर्चाको अब बस्ने बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने बताइएको छ । आलोपालो प्रणाली अनुसार मोर्चाको बैठक अहिले नेता माधवकुमार नेपालको अध्यक्षतामा बस्दै आएको छ ।

मोर्चामा सत्तारुढ माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् । मोर्चाको बैठक यसअघि असार २३ गते बसेको थियो ।