आज कर्णाली प्रदेशमा सार्वजनिक विदा

तु खबर संवाददाता
२०८० भाद्र ४, सोमबार ०८:२६

सुर्खेत । कर्णाली सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमीका अवसरमा सर्वाजनिक विदा दिइएको जानकारी गराएको हो ।

कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत्र २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार, आज प्रदेशभर विदा हुने भएको हो ।

मन्त्रालयले कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा आज प्रदेशमा सहिद दिवस समेत मनाइने जनाइएको छ ।