निष्कर्षविहीन नै टुंगियो राष्ट्रिय दलको बैठक

तु खबर संवाददाता
२०८० भाद्र ३, आईतवार १५:३४
file-photo

काठमाडौं । संसद् खुलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आह्वान गरिएको राष्ट्रिय दलको बैठक निष्कर्षविहीन नै टुंगिएको छ ।

संसद् खुलाउने विषयमा सहमति जुटाउन आइतबार दिउँसो सिंहदरबारमा बसेको प्रमुख प्रतिपक्षी दल, अन्य विपक्षी दल तथा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन नै सकिएको हो ।

नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । संसद् खुलाउनका लागि विभिन्न समयमा भएका बैठकहरू असफल हुँदै आएका छन् ।

प्रतिनिधि सभाको आज आइतबारको लागि आह्वान गरिएको बैठक पनि स्थगित भएको छ ।