साता कारोबारको पहिलो दिनमा नै ओरालो लाग्यो नेप्से

तु खबर संवाददाता
२०८० भाद्र ३,आईतवार १५:४३

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबारको दिनमा नै नेप्से परिसूचक ओरालो लागेको छ ।

आज नेप्से २२.९९ अंकले घटेर २०१०.१३ को विन्दुमा कायम भएको छ । यस्तै, आज २६९ सूचीकृत कम्पनीको ४३ लाख ७२ हजार ८ सय १ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

गत साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार नेप्से परिसूचक ८ अंकले बढेर २०३३ को विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको ४० लाख कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५४ करोड १३ लाखको कारोबार भएको थियो ।

यसैगरी आज सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।