राजनीति/ समाज
तरुण दल कैलाश गाउँपालिकाको अध्यक्षमा मुक्तान
मकवानपुर, ११ असोज । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल कैलाश गाउँपालिकाको अध्यक्षमा बिनोदकुमार मुक्तान चयन भएका छन् । शुक्रबार भएको भेलाले मुक्तानको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका समिति गठन गरिएको हो । जसमा उपाध्यक्ष विजय लोप्चन र बीरबहादुर थिङ, सचिव राजकुमार लामा, सहसचिवमा भुवन नेगी रहेका छन् ।...
नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न प्रदेश सरकार र कतार सरकारबीच छिट्टै सम्झौता हुने : मुख्यमन्त्री पौडेल
मकवानपुर, १० असोज । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार र छिमेकी मित्र राष्ट्र कतारबीच नेपाली कृषकहरुले उत्पादन गरेका मौसमी तरकारीहरु कतारमा निर्यात गर्न केहीदिन भित्रै कतार सरकारसँग सम्झौता हुने बताएका छन् । प्रदेश नं. ३ को नीति योजना आयोगद्वारा आज (शुक्रबार) हेटौँडामा आयोजित प्रदेश विकास...
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
मकवानपुर, १० असोज । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (.शुक्रबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो । आज बस्ने बैठकमा दुई वर्षअघि तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको पार्टी–पार्टी एकताको कामलाई टुंग्याउने जनाइएको छ ।
समृद्ध राष्ट्रको कुरा गर्दा निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ : प्रचण्ड
बुटवल,, ९ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाफा कमाउने अवस्था नरहने लगानीको वातावरण बन्न नसक्ने बताएका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा कोटिहवामा सुरु भएको लगानी सम्मेलन–२०१९ लाई सम्बोधन गर्दै समृद्ध राष्ट्रको कुरा गर्दा निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने पनि बताए । अध्यक्ष...
नेता नेपालको अन्य राजनीतिक दललाई चेतावनी : नेकपा निरंकुशताको पक्षमा छ भन्ने हल्ला नफिजाउनुस्
काठमाडौं, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताएका छन् । नेकपाका विदेश विभाग प्रमुख समेत रहेका उनले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी निरंकुशताको पक्षमा नरहेको भन्दै हावा...
निर्मला हत्या प्रकरणः के त्रुटी भयो पत्ता लगाउन अनुसन्धानमा गृहको प्राविधिक टोली
गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ । मन्त्रालयले एक हप्ताअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृत, शिक्षण अस्पतालका चिकित्सकसहितको अनुसन्धान टोली गठन गरेको हो...
वर्तमान सरकार हत्याहिंसा, बलात्कार र वाइडबडी जस्ता काण्डै–काण्डमा फसेको छ : नेता बानियाँ
मकवानपुर, ७ असोज । नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले अहिलेको सरकार ओलीको, काँग्रेसको सरकार भोलिको हुने पक्का भएको बताएका छन् । मंगलबार (आज) हेटौंडामा नेपाली काँग्रेसले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको समापन समारोहमा बोल्दै नेता बानियाँले सो कुरा बताएका...
कांग्रेस पार्टी सत्ताबाहिर रहँनु परेकोले संविधान कार्यान्वयनमा चुनौती देखियो : पौडेल
रोल्पा, ७ असोज । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनपछि आफ्नो पार्टी सत्ताबाहिरै सीमित रहनु परेकाले संविधान कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् । कार्यकर्ता भेटघाट र जनजागरण अभियान अन्तर्गत रोल्पा आएका नेता पौडेलले कांग्रेसले सत्ताको बागडोर सम्हाल्न नपाउँदा संविधानको मर्म विपरीतका गतिविधि बढेको बताए। नेता पौडेलले सत्ताबाहिरैबाट सरकारलाई सचेत...
‘अबको हाम्रो मिसन संविधान संशोधन गराउँदै स्वीकार्य बनाउने हो’ : गगन थापा
जनकपुरधाम, ७ असोज । नेपाली काँग्रेसका नेता गगन थापाले सत्तामा बसेर संविधानको विरोध गर्नु ‘निर्लज्जता’ भएको टिप्पणी गरेका छन् । जनकपुरधाममा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले भने, ‘सत्तामा पनि बस्ने, अनि त्यहीँ संविधानको बिरोध पनि गर्ने कार्य जनतालाई भ्रमित बनाउनुबाहेक केहि पनि होइन ।’ संघीय सरकारको बेइमानीमा समाजवादी...
नेपाली काँग्रेसले आज हेटौँडामा विरोध र्याली निकाल्ने
मकवानपुर, ७ असोज । नेपाली काँग्रेसको दोस्रो चरणको देशव्यापी जागरण अभियानको समापनको दिन आज (मंगलबार) हेटौँडामा वृहत विरोध र्याली निकाल्ने भएको छ । १५ दिनसम्म चलेको दोस्रो चरणको अभियानअन्तर्गत मंगलबार सरकारका गलत प्रवृत्तिको भण्डाफोर गर्दै विरोध प्रदर्शनको कार्यक्रम राखिएको पार्टी प्रवक्ता प्रदिप कोइरालाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । हेटौंडा–२...










