राजनीति/ समाज

नेकपा नेताहरुले चिनियाँ राष्ट्रपति ‘सी चिनफिङ विचारधारा’लाई विकास, समृद्धि र शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा नेताहरुले ‘सी चिनफिङ विचारधारा’लाई विकास, समृद्धि र शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने नयाँ अवधारणाका रुपमा व्याख्या गरेका छन् । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी -सीपीसी_बीच सोमबार काठमाडौँमा सुरु ‘विचारधारात्मक छलफल’को उद्घाटनमा नेकपाका नेताहरुले अधिकांश समय सी विचारधाराको प्रशसा गर्दै यही अवधारणाको सेरोफेरोमा नेपालले पनि...

काँग्रेस बैठक यही असोज १० गतेदेखि बस्ने

काठमाडौं, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल हुने बताइएको छ । यसबाहेक बैठकमा ‘हिमाल, पहाड, तराई नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’...

वर्तमान सरकार गरिब नभई आफ्ना नेताहरुको समृद्धिमा लागेको छ : नेता बानियाँ

मकवानपुर, ५ असोज । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले वर्तमान सरकार गरिब नभई आफ्ना नेताहरुको समृद्धिमा लागेको बताएका छन् । शनिबार नेपाल शिक्षक संघ बाग्मती गाउँपालिकाको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रम एवं पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बानियाँले वर्तमान सरकार गरिबको...

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत छलफल हुने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत् अन्तरक्रिया हुने भएको छ । नेकपाको व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको नेकपाका स्थायी समिति सदस्य एवं स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले बताए । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग...

लोकतन्त्रिक तत्वको जगमा दिगो शान्ति, सुशासन र विकास प्राप्तिको दिशानिर्देश भएको प्रचण्ड दाबी

मकवानपुर, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउन केही अराजक तत्वहरु देखा परेको बताएका छन्। शुक्रबार संविधान दिवसको उपलक्षमा प्रेस विज्ञप्तीमार्फत शुभकामना दिदैँ उनले त्यस्ता भ्रम श्रृजना गर्ने अराजक तत्वहरुलाई प्रतिवाद गर्न एकतावद्ध हुनपर्ने बताएका छन् ।...

अब जनताहरुले आफ्नो अधिकार प्राप्तिको लागि आन्दोलन गर्नु पर्दैन : मुख्यमन्त्री पौडेल

हेटौँडा, ३ असोज । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा विभिन्न दलहरुले नेतृत्वमा आन्दोलनबाट राजनीतिक परिवर्तन ल्याइएको भएपनि अब जनताको भावना परिवर्तन गरी आर्थिक समृद्धितर्फ उन्मुख गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । संविधान दिवस मुल समारोह समिति प्रदेश नं. ३ सरकारद्वारा आज (शुक्रबार) हेटौँडामा आयोजित...

यसरी मनाइयो हेटौँडामा संविधान दिवस (फोटोफिचर)

मकवानपुर, ३ असोज । आज संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको छ । सोही दिनको अवसर पारी देशैभर आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । सोही अवसरमा प्रदेश नं. ३ को  राजधानी हेटौंडामा पनि प्रदेश सरकारको आयोजनामा आज (शुक्रबार) बिहान प्रभातफेरी र मकवानपुर गढीमा झण्डोत्तोलन कार्यक्रम...

काँग्रेस मकवानपुरले असोज ७ गते बृहत विरोध प्रदर्शन गर्ने

मकवानपुर, २ असोज । नेपाली कांग्रेस मकवानपुरले आगामी असोज ७ गते बृहद विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस मकवानपुरको बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले दोश्रो जागरण अभियान समापनको दिन असोज ७ गते विशेष ५ मुद्दामा केन्द्रित रहेर विरोध गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए । कांग्रेस...

गणेशमान सिंहको २२ औं स्मृति दिवसमा शोकसभा

मकवानपुर, २ असोज । नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको २२ औँ स्मृति दिवसमा बिहीबार (आज) हेटौंडामा शोकसभा गरेको छ । शोकसभा कार्यक्रम काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको हो । सभापति बानियाँले...

नेकपा बागमती गाउँ कमिटीद्वारा सपथ ग्रहण

मकवानपुर, १ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती गाउँपालिका पार्टी कमिटीले सपथ ग्रहण गरेका छन् । आज (बुधबार) नेकपा बागमती गाउँपालिकाको ९ वटै वडाको वडाध्यक्ष र सचिवसहित ७५ जनाले सपथ ग्रहण गरेका हुन् । कार्यक्रम बागमती गाउपालिका पार्टी कमिटी अध्यक्ष अरुण बलको सभाध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य रामेश्वर...