लोकतन्त्रिक तत्वको जगमा दिगो शान्ति, सुशासन र विकास प्राप्तिको दिशानिर्देश भएको प्रचण्ड दाबी

तु खबर संवाददाता
२०७६ आश्विन ३, शुक्रबार १६:२४
file-photo

मकवानपुर, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउन केही अराजक तत्वहरु देखा परेको बताएका छन्।

शुक्रबार संविधान दिवसको उपलक्षमा प्रेस विज्ञप्तीमार्फत शुभकामना दिदैँ उनले त्यस्ता भ्रम श्रृजना गर्ने अराजक तत्वहरुलाई प्रतिवाद गर्न एकतावद्ध हुनपर्ने बताएका छन् ।

अध्यक्ष दाहालले वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्था तर्फ मार्ग प्रशस्त गरेकाले परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढ्ने अठोट र संकल्प गर्नुपर्ने बताए ।

नयाँ विचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका तथा कानुनी राज्य संविधानको महत्वपूर्ण तत्व रहेको अध्यक्ष दहालको भनाइ छ।

उनले यस्ता लोकतन्त्रिक तत्वको जगमा नै दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिको दिशानिर्देश भएको दाबी समेत गरे।

दाहालले संविधान दिवसको शुभकामना व्यक्त गर्दै देशको संविधानका लागि आफ्नो जीवन त्याग्ने नेपाली आमाबुबाका छोराछोरी तथा सहिदहरुप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*