राजनीति/ समाज

काँग्रेसलाई नयाँ उचाईमा पुर्याउने लक्ष्यका साथ नेतृत्व तह अघि बढेको छ : मन्त्री कोईराला

मकवानपुर, २४ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोईरालाले नेपाली काँग्रेसका शीर्ष नेता तथा कार्यकर्ताहरुलाई विभाजित गुट–उपगुटबाट एक ढिक्का बनाई नेपाली काँग्रेसलाई नयाँ उचाईमा पुर्याउने लक्ष्यका साथ नेतृत्व तह अघि बढेको बताएका छन् । महामन्त्री कोईरालाले प्रजातान्त्रित समाज नेपालद्वारा आज (मंगलबार) हेटौँडामा आयोजित मुलुकको भावि अर्थनीतिमा प्रजातान्त्रिक समाजवाद...

नेकपा प्रदेश २ को शपथ ग्रहण कार्यक्रममा झडप हुँदा एक जनाको टाउँको फुट्यो

जनकपुरधाम, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश २ का दुई जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा झण्डै आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएका छन् । घाइते मध्ये एक जनाको टाउको नै फुटेको छ । बर्दिवासस्थित सेवा समितिको हलमा सप्तरी र सिरहाका पदाधिकारीहरुको शपथ ग्रहण...

राप्रपाका अध्यक्ष थापा आज हेटौँडा आउँदै

मकवानपुर, २३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा आज (सोमबार) हेटौँडा आउँदै छन् । थापा राप्रपाका प्रशिक्षण विभागद्वारा आयोजित प्रशिक्षक–प्रशिक्षणको अनुशिक्षण कार्यक्रममा सहभागी हुन आज हेटौँडा आउन लागेका हुन् । उनले आज दिउँसो १२ बजे स्थानीय प्रकाश होटेलको सभागृहमा हुने कार्यक्रमको उद्घाटन गर्ने राप्रपाका सहायक...

‘काँग्रेसभन्दा ठूलो घर परिवार होइन’ भन्दै सुसाईट नोट लेखेर मकवानपुरका काँग्रेस नेता न्यौपानेले गरे आत्महत्या

मकवानपुर, २१ भदौ । नेपाली काँग्रेसका क्षेत्रीय स्तरका नेता चतुर्भुज न्यौपानेले आत्महत्या गरेका छन् । मनहरी गाउँपालिका वडा नम्वर १ मकरीका स्थायी बासिन्दा र नेपाली काँग्रेस ४ नं क्षेत्रीय समितिका सदस्य रहेका न्यौपानेले बुधवार साँझ घरमै बिष सेवन गरेका थिए । न्यौपानेले बिष सेवन गर्नुअघि सुसाइड नोट छाडेको नेपाली...

काँग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा खनाल र सापकोटा चयन

मकवानपुर, २० भदौ । नेपाली काँग्रेस मकवानपुरको प्रतिनिधिसभा अन्तरगतको दुई क्षेत्रको सभापतिमा खनाल र सापकोटा चयन भएका छन् । काँग्रेस मकवानपुरको शुक्रबार केन्द्रीय प्रतिनिधिको रोहबरमा जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल र क्षेत्र नम्बर २ को सभापतिमा यतिराज सापकोटालाई चयन गरिएको हो । नेपाली...

प्रदेश ३ को स्थायी राजधानी हेटौँडा नै हुने थापाको दाबी

मकवानपुर, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौँडानै हुने दाबी गरेका छन् । चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष थापाले सो कुरा बताउँदै प्रदेश ३ को प्रदेशसभाले छिट्टै प्रदेशको स्थायी राजधानी हेटौँडा बनाउन आवश्यक निर्णय...

नेकपाका कार्यकर्तालाई अल्मलिने छुट छैन : केन्द्रीय सदस्य खतिवडा

मकवानपुर, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकप) का केन्द्रीय सदस्य एबम् मकवानपुर जिल्ला इन्चार्ज बिरोध खतिवडाले नेकपाका कार्यकर्ताहरुलाई अब अल्मलिएर बस्ने छुट नभएको बताएका छन् । उनले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र पार्टी मिलेर नयाँ पार्टी बन्ने क्रममा केही शिथिलजस्तो देखिएको संगठनको कामलाई अब द्रुतगतिमा अघि बढाउनुपर्नेमा...

काँग्रेस निकट आदिवासी जनजाती विभाग मकवानपुरले भदौ महिनाभित्र गाउँपालिका स्तरीय भेला सम्पन्न गर्ने

मकवानपुर, १९ भदौ । नेपाली काँग्रेस निकट आदिवासी जनजाती विभाग मकवानपुरले भदौ महिनाभित्र मकवानपुरका ८ गाउँपालिकामा गाउँपालिका स्तरीय भेला तथा संगठन सुदृढीकरण गर्ने भएको छ । विभागले मकवानपुरको पार्टी सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा मकवानपुरका ८ गाउँपालिकामा भदौ महिनाभित्र गाउँपालिका स्तरीय भेला...

नेकपाको गाउँपालिका कमिटी गठनमा राक्सिराङ पहिलो

मकवानपुर, १९ भदौ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेपाल कम्युुनिष्ट पार्टीको स्थानीय तह कमिटीले पूर्णता पाएको छ । पार्टीको विधान बमोजिम ७५ सदस्यीय गाउँपालिका संगठन कमिटीले पूर्णता पाएपछि सपथग्रहण गराइएको हो । गाउँ कमिटीका सदस्यहरुलाई सपथग्रहण गराउँदै नेकपा केन्द्रीय सदस्य तथा सांस्कृतिक विभाग प्रमुख केदार न्यौपानेले कम्युनिष्ट पार्टीका गतिविधिहरुलाई तीब्र...

काँग्रेस मकवानपुरले बृहत राजनीतिक दर्पण प्रकाशन गर्ने

मकवानपुर, १८ भदौ । नेपाली काँग्रेस मकवानपुरले कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा बृहद राजनीतिक दर्पण प्रकाशन गर्ने भएको छ । मकवानपुर जिल्लामा रही नेपालको लोकतान्त्रिक आन्दोलनमा अहँम भूमिका निर्वाह गर्ने लोकतान्त्रिक योद्धाहरु, नेपाली काँग्रेस मकवानपुर एवं भातृ/शुभेच्छुक संघ–संगठनमार्फत ईतिहासदेखि अहिलेसम्म भएगरेका राजनीतिक एवं सामाजिक गतिविधिलाई समेटेर बृहत राजनीतिक दर्पण...