राजनीति/ समाज

राष्ट्रिय परिचयपत्रको दीर्घकालीन र रणनीतिक महत्व छ : अध्यक्ष प्रचण्ड

चितवन, १८ भदौ । नेपाल कम्युजिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, विकास र सुरक्षाका हिसाबले राष्ट्रिय परिचयपत्रको दीर्घकालिन र रणनीतिक महत्व रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले बुधबार चितवनमा भएको एक कार्यक्रमबीच सो कुरा बताएका हुन् । उनले विगत बर्षदेखि नै राष्ट्रिय परिचयपत्र वितरणको चर्चा...

राप्रपा संयुक्तको केन्द्रीय कार्यसमितिको बैठक भोली बस्ने

काठमाडौं, १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार ( भोली ) बस्ने भएको छ । उक्त बैठक पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) एकीकरणपछि पहिलोपटक बस्न लागेको हो । बैठकले समान वैचारिक शक्तिसँगको एकता तथा सङ्गठन सुदृढीकरणका लागि...

काँग्रेसले यही भदौ २० र २१ गते प्रदेश ३ महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

मकवानपुर, १८ भदौ । नेपाली काँग्रेसले प्रदेश नं। ३ का १३ जिल्ला मध्ये ७ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । काँग्रेसले यही भदौ २० र २१ गते प्रदेश–३ का १३ जिल्ला मध्ये ७ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम संचालन...

स्थायी राजधानी र नामबारे प्रदेश सरकार मौन

प्रदेश ३ को स्थायी राजधानी र नामको टुंगो अझै लाग्न सकेको छैन । प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरू सार्वजनिक कार्यक्रमहरूमा आफूअनुकूल धारणा व्यक्त गरे पनि राजधानी र नाम घोषणाको औपचारिक प्रक्रिया अगाडि बढाइएको छैन । पछिल्लो समय संसद्का हरेक बैठकका शून्य समयमा विपक्षी र सत्तापक्षकै पनि सांसदहरूले स्थायी राजधानी र नामबारे...

रजिष्ट्रारमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सांसदको माग

काठमाडौं, १२ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुर्‍याललाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न सांसद पुष्पा भुसालले माग गरेकी छिन् । संसदमा सोही विषयबारे बोल्दै कांग्रेस संसदीय दलकी सचेतक समेत रहेकी भुसालले दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेकी हुन् । सांसद भुसालले वैधानिक ढंगबाट नियुक्त भएको व्यक्तिलाई...

डेंगु रोग नियन्त्रण गर्नका लागि सरकार अति गम्भीर छ : मुख्यमन्त्री पौडेल

मकवानपुर, १२ भदौ । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको सिमित स्रोतसाधनको उपयोग गरी प्रदेशका जिल्लाहरुमा भौतिक पूर्वाधारको निर्माण गर्ने बताएका छन् । बिहिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेलले सो कुरा बताउँदै जनताको लागि आर्थिक समृद्धि ल्याउने कार्यक्रमलाई सरकार दृढताका साथ संकल्पित रहेको पनि बताए ।...

टिपर आतंक घट्नुको साटो बढेको छ : सांसद खतिवडा

मकवानपुर, १२ भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले टिपर आतंक रोक्न सरकारसँग माग गरेका छन् । उनले मासिक ७ जनाको टिपरकै कारण मृत्यु हुने गरेको भन्दै नियत्रन्ण गर्न माग गरेका हुन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले भने, ‘सभामुखज्यू अहिले अभिभावकहरूले यमराज...

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

मकवानपुर, १२ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बुधबार बस्ने भनिएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि स्थगित भएको थियो । आज दिउँसो बस्ने बैठकमा...

काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं, ११ भदौ । नेपाल काँग्रेस केन्द्रीय समितिको बैठक आज (मंगलबार) दिउँसो २ बजे बस्ने भएको छ । काँग्रेसको आज बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । काँग्रेसका १३...

विप्लव मकवानपुरका जिल्ला सदस्य भिम प्रसाद गौतमद्धारा पार्टी परित्याग

मकवानपुर, १० भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको जिल्ला कमिटी सदस्य भिम प्रसाद गौतमले पार्टी परित्याग गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै गौतमले विप्लव पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । नेपाल अटो इ रिक्सा व्यवसायी संघ हेटौंडाका अध्यक्षसमेत रहेका उनले आगामी दिनमा...