राजनीति/ समाज

प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै

काठमाडौं ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहिबार) पुनः सिंगापुर जाँदैछन् । केही दिनअघि मात्र सिंगापुरबाट स्वास्थ्य परिक्षण गराएर स्वदेश फर्किएका प्रधानमन्त्री ओली पुनः स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्री ओलीले १० दिनअघि नेपाल फर्किनुअघि १२ वर्षदेखि सेवन गर्दै आएको औषधी परिवर्तन गरिएको...

नेकपा संसदीय दलको नेता तथा उपनेताको छुट्टाछुट्टै कार्यकक्ष

मकवानपुर, ४ भदौ । प्रदेश नम्वर ३ को प्रदेशसभा सचिवालयको परिसरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेता तथा उपनेताको छुट्टाछुट्टै कार्यकक्षको स्थापना गरिएको छ । बुधबार नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, दलको उपनेता शालिकराम जम्मकट्टेल र प्रमुख सचेतक रामेश्वर फुयाँलको लागि छुट्टाछुट्टै कार्यकक्षको स्थापना गरिएको हो...

नेपाल रुष्ट : ओलीलाई एक पद रोज्न प्रस्ताव

नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयमा सातबुँदे ‘असहमतिपत्र’ जाहेर गर्दै ओलीलाई अध्यक्ष र प्रधानमन्त्री पदमध्ये एउटा रोज्न माग गरेका हुन्। पार्टी अध्यक्षदेखि सबै नेतामा एक व्यक्ति एक...

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : अध्यक्ष प्रचण्ड

जनकपुरधाम, ३ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाद्वारा आयोजित छलफलमा उनले सीमावर्ती क्षेत्रमा भारतले बनाएको बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नुपर्ने बताएका...

नेकपा सचिवालय बैठक भोलीसम्मका लागि स्थगित

काठमाडौँ ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (मंगलबार) ३ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको नेकपा सचिवालयको बैठक पर्याप्त गृहकार्य नभएको भन्दै भोली बुधबार ११ बजेसम्मको लागि स्थगित भएको नेकपाले जनाएको छ । आजको सचिवालय बैठकमार्फत पार्टीको पोलिट्ब्युरो कमिटी र...

पूर्वराजा र विप्लवलाई गाली पञ्चायतकालीन ‘अराष्ट्रिय तत्व’ जस्तै

पूर्वराजा ज्ञानेन्द्र शाह र विद्रोही नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहलाई सरकार र यसका पक्षपातीले गर्ने आलोचना पञ्चायतकालीन शासकले ‘अराष्ट्रिय तत्व’ भनेर बच्ने प्रयास गरेजस्तै भएको राजनीतिक विश्लेषकहरूको धारणा छ। राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल भन्नुहुन्छ– ‘राजनीतिमा हाउगुजी देखाएर अरूलाई तह लगाउने विधि नयाँ होइन, चाणक्य/कौटिल्य कालमा पनि यस्तै गरिन्थ्यो,...

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगापुर जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’ को स्तर बढेको छ । ‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो । सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि प्रधानमन्त्री...

प्रतिपक्षीको भूमिका सशक्त बनाउन भातृ संस्थालाई काँग्रेस मकवानपुरको निर्देशन

मकवानपुर, २ भदौ । नेपाली काँग्रेस मकवानपुरले १० वटै स्थानीय तहमा प्रतिपक्षीको भूमिका सशक्त बनाउन पार्टी, भातृ तथा शुभेच्छुक संस्थाहरुलाई निर्देशन दिएको छ । काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षमा सोमबार बसेको नियमित बैठकले पार्टीको भातृ तथा शुभेच्छुक संस्थामा रहेको आन्तरिक विवाद मिलाउँदै सशक्त रुपमा प्रतिपक्षीको भूमिका निभाएर...

संरचना गठनमा जुट्यो कांग्रेस

नेपाली कांग्रेस पार्टीको अन्तरिम संरचना गठनमा जुटेको छ। संघीयतामा गएको चार वर्ष पुरानै संरचनाबाट सञ्चालित कांग्रेस आगामी महाधिवेशनका लागि स्थानीय तहमा संगठन पुनर्संरचना गर्न सक्रिय भएको हो। कांग्रेसको अघिल्लो आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ‘नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ पारित गरेको थियो। निर्देशिकाअनुसार पार्टीको...

नेकपाको सचिवालय बैठक आज बस्ने

काठमाडौं १ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आईतबार) अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्यूरो गठन, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेलगायतका एजेण्डामा छलफल गर्न बैठक बस्न लागेको हो । यसअघि शनिबारका लागि तय भए बैठक गृहकार्य नपुगेको भन्दै...