नेकपाको सचिवालय बैठक आज बस्ने

तु खबर संवाददाता
२०७६ भाद्र १, आईतवार १०:१२
file-photo

काठमाडौं १ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आईतबार) अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको छ ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्यूरो गठन, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेलगायतका एजेण्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।

यसअघि शनिबारका लागि तय भए बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको थियो ।

३२ केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँट गरेर एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाले सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास संगठन लगायतको एकता पूरा गर्न बाँकी छ ।

त्यसैगरी जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनको काम पनि बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*