नेकपा सचिवालय बैठक भोलीसम्मका लागि स्थगित
काठमाडौँ ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (मंगलबार) ३ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ ।
आज बस्ने भनिएको नेकपा सचिवालयको बैठक पर्याप्त गृहकार्य नभएको भन्दै भोली बुधबार ११ बजेसम्मको लागि स्थगित भएको नेकपाले जनाएको छ ।
आजको सचिवालय बैठकमार्फत पार्टीको पोलिट्ब्युरो कमिटी र विभिन्न आयोगहरु गठनबारे छलफल गर्ने बताइएको थियो ।
नेकपामा विभिन्न आयोग सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास सङ्गठनको एकता घोषणा हुन बाँकी छ ।
