राजनीति/ समाज
प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्ने
काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आईतबार) संसदलाई सम्बोधन गर्ने भएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो ११ बजे समसामयिक विषयमा संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेस्रो आइतबार सांसदका प्रश्नको जवाफ दिने तालिका...
अब एकता सुदृढ नभए देश सफल हुँदैन : प्रचण्ड
काठमाडौं, ३२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब एकता सुदृढ नभए देश सफल नहुने बताएका छन् । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अब एकता सुदृढ नभए देश सफल नहुने बताएका हुन् । ‘कहिलेकाहीँ यसो (पार्टी...
ट्रेड युनियन काँग्रेसको प्रथम जिल्ला परिषद हेटौँडामा सम्पन्न
मकवानपुर, ३२ साउन । नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरको प्रथम जिल्ला परिषद तथा युवा समिति र महिला समितिको अधिवेशन शनिवार हेटौँडामा सम्पन्न भएको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतित्थ्यतामा भएको अधिवेशनले महिला र युवा समितिको नयाँ कार्यसमिति चयन गरेको छ ।...
देशको विकासको निम्ति सबै एकजुट हुनुपर्छ : नेता नेपाल
काठमाडौं ३२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको विकासको निम्ति सबै एकजुट हुनुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै नेता नेपालले देश विकासको लागि नागरिक, संघ—संस्था र सरकार एकसाथ जुट्नु पर्ने बताए हुन् । उनले कहिलेकाहिँ धेरै काम...
‘म बिरामी होइन, २०/२५ वर्ष बाँच्छ भन्छन्’
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि शुक्रबार बिहानैदेखि भेटघाट र महत्त्वपूर्ण काममा सक्रिय भएका छन् । उनले बिहान बालुवाटारमा झापा क्षेत्र नम्बर ५ का कार्यकर्तासँग भेटघाट गर्दै आफ्नो स्वास्थ्यबारे जानकारी गराए । कार्यकर्तालाई ओलीले सोधेका थिए, ‘म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो रु’ ओलीले आफू...
नेकपाले टुंगो लगायो कार्यविभाजन, स्कुल विभागमा पोखरेल
काठमाडौं ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो । लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम,...
क्यान्सर पीडित हेटौंडाका गुरुङलाई आर्थिक सहयोग
मकवानपुर, ३१ साउन । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाको विशेष पहलमा हेटौंडाका क्यान्सर पीडित सुमन गुरुङलाई सहयोग हस्तान्तरण गरिएको छ । ब्लड क्यान्सरबाट पीडित हेटौंडा–१६, घ्याम्पे चिसापानीका २६ वर्षीय गुरुङलाई नेपाली कांग्रेस हेटौंडा १६ नम्बर ईकाईको विशेष पहलमा ६७ हजार रुपियाँ आर्थिक सहयोग हस्तान्तरण...
प्रधानमन्त्री फेरि अस्वस्थ भएपछि सचिवालयको बैठक स्थगित
काठमाडौं ३० साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ्य भएका छन् । साउन २७ गते मात्रै सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओली आज (बिहिबार) पुनः अचानक अस्वस्थ्य भएका हुन् । उनको अस्वस्थताका कारण आज बस्ने भनिएको पार्टी सचिवालयको बैठक भोलीका लागि...
तनावमा ओली–प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीभित्र स्कुल विभाग कसले लिने विवाद उत्कर्षमा पुगेको छ । स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक–पटक–पटक स्थगित हुँदै आएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटाउन बसेको बैठक असफल हुँदै आएको छ । दुई पार्टी एकीकरण गर्न सहमति जुटाउनुभएका...
नेकपा सचिवालय बैठक भोलीसम्मका लागि स्थगित
काठमाडौँ २९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (बुधबार) बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । बैठकअघि अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा विवादीत विषयमा सहमति जुट्न नसकेपछि नेकपाको सचिवालयको बैठक भोलीसम्मका लागि स्थगित भएको हो । स्कुल विभागमा विवाद कायमै...









