क्यान्सर पीडित हेटौंडाका गुरुङलाई आर्थिक सहयोग
मकवानपुर, ३१ साउन । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाको विशेष पहलमा हेटौंडाका क्यान्सर पीडित सुमन गुरुङलाई सहयोग हस्तान्तरण गरिएको छ ।
ब्लड क्यान्सरबाट पीडित हेटौंडा–१६, घ्याम्पे चिसापानीका २६ वर्षीय गुरुङलाई नेपाली कांग्रेस हेटौंडा १६ नम्बर ईकाईको विशेष पहलमा ६७ हजार रुपियाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
गुरुङलाई रकम अभावका कारण उपचारमा समस्या आएपछि नेपाली कांग्रेस हेटौंडा १६ नम्बर ईकाईको विशेष पहलमा शुक्रबार पीडित गरुङका बाबु कृष्णबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, हेटौंडा १६ वडाका वडा अध्यक्ष कोईराला, तरुण दल जिल्ला सचिव सचित थापा, समाजसेवी नवराज न्यौपानेलगायत कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।
बेलायतबाट लिला दुलालबाट २० हजार, कतारबाट दिलकुमार पुलामीले १६ हजार ५ सय र बाँकी ३० हजार ५ सय कांग्रेसका नेता कार्यकर्ताबाट संकलन गरेर पीडित सुमनको उपचारको लागि सहयोग गरिएको नेपाली कांग्रेसका हेटौंडा १६ का वडा सभापति एवं १६ नम्बर वडा अध्यक्ष कोईरालाले बताए ।
ब्लड क्यान्सरबाट पीडित सुमन साउन १७ गतेबाट अस्पतालमा भर्ना भई काठमाडौंमा उपचारार्थ छन् ।
