प्रधानमन्त्री फेरि अस्वस्थ भएपछि सचिवालयको बैठक स्थगित
काठमाडौं ३० साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ्य भएका छन् ।
साउन २७ गते मात्रै सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओली आज (बिहिबार) पुनः अचानक अस्वस्थ्य भएका हुन् ।
उनको अस्वस्थताका कारण आज बस्ने भनिएको पार्टी सचिवालयको बैठक भोलीका लागि स्थगित भएको छ ।
बैठक बस्ने गृहकार्य भइरहेको तर प्रधानमन्त्री ओलीको स्वास्थ्य प्रतिकूल भएका कारण सचिवालय बैठक भोली (शुक्रबार) सम्मका लागि स्थगित गरिएको कपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
