राजनीति/ समाज
महिला संघ मकवानपुरको आयोजनामा तिज विशेष कार्यक्रम
मकवानपुर, १० भदौ । नेपाल महिला संघ मकवानपुरले मंगलबार तिज विशेषसहित दर खाने कार्यक्रम गरेको छ । महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमूख अतिथि डिनाले हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको...
नेकपाले रोक्यो भनाभन
पार्टीको शीर्ष तहका नेताहरू भनाभनमा उत्रिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेताहरूका विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। पार्टीका जिम्मेवार नेताहरू नै व्यक्तिगत टीकाटिप्पणीमा उत्रिएपछि पार्टीले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगबाट उठाउनुपर्ने निर्णय गरेको हो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा...
राजपाले माग्यो कास्मिर घटनाप्रति सरकारको स्पष्ट धारणा
काठमाडौं, ९ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कास्मिर घटनाको बारेमा सरकारको स्पष्ट धारणा माग गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै राजपा नेपालका सांसद महेन्द्र राय यादवले उक्त घटनाको बारेमा स्पष्ट धारणा माग गरेका हुन् । नेपाल र भारतको संयुक्त बैठक पनि हालै बसेको...
नेकपा मकवानपुरको स्थानीय तहका अध्यक्ष र सचिवद्वारा सपथ ग्रहण
मकवानपुर, ९ भदौ । नेकपा मकवानपुरको सबै स्थानीय तहका अध्यक्ष तथा सचिवहरुले आज हेटौँडामा सपथ ग्रहण गरेका छन् । मकवानपुरमा भएका दश वटा स्थानीय तहका २० जना नेकपा अध्यक्ष र सचिवहरुले आज सपथ ग्रहण गरेका हुन् । उनीहरुलाई नेकपाका प्रदेश नम्वर ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले सपथ ग्रहण गराएकी...
पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा आज पहिलो पटक नेकपा सचिवालयको बैठक बस्दै
मकवानवुर, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरू भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरू भएको हो । बैठकले पार्टीको सांगठनिक एकता एवम् केन्द्रीय सदस्यहरूको कार्यविभाजनको बाँकी काम सक्ने गरी छलफल गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...
नेकपा मकवानपुरका सबै स्थानीय तहमा अध्यक्ष र सचिवको नाम टुंगियो
मकवानपुर, ८ भदौ । नेकपा मकवानपुरको आज (आईतबार) बिहान बसेको जिल्ला सचिवालय बैठकले स्थानीय तहमा अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ । पार्टी एकिकरण भएपछी मकवानपुरका स्थानीय तहले पनि पार्टीमा अध्यक्ष र सचिवको नाम टुंगो लगाएको हो । पार्टीका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले नेकपाको हेटौंडा उपमहानगरपालिका...
नेता बानियाँद्वारा कृष्ण प्रणामी मन्दिरको नवनिर्मित भवन उद्घाटन
मकवानपुर, ७ भदौ । नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरेस्थित कृष्ण प्रणामी मन्दिरको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित कृष्ण प्रणामी मन्दिरमा नेता बानियाँको पहलमा प्रदेश सरकारबाट ३० लाख रुपियाँ बजेट...
जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्छ : प्रचण्ड
मकवानपुर, ६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने खतरा रहेको बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सत्तामा जानु अघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त...
बाबुराम ‘सत्तापक्ष’ मा
समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई संसद्मा सत्तापक्ष सांसदको लाइनमा बस्न थाल्नुभएको छ। तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति नेपाल पार्टीबीच एकता भएर पनि भट्टराई विपक्षी सांसद बस्ने सिटमा बस्दै आउनुभएको थियो। बिहीबार सभामुख कृष्णबहादुर महराले निर्वाचन आयोगले संघीय संसद्लाई पठाएको दुई पार्टीबीच एकतासम्बन्धी पत्र पढेर...
प्रचण्ड फेरि कार्यकारी भूमिकामा !
पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका पाएको छ । एकीकरणपूर्व अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको सहमति पन्ध्र महिनापछि कार्यान्वयनमा आएको हो। बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक बोलाएर पार्टी सञ्चालन गर्न सक्ने निर्णय गरेको हो ।...







