नेता बानियाँद्वारा कृष्ण प्रणामी मन्दिरको नवनिर्मित भवन उद्घाटन
मकवानपुर, ७ भदौ । नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरेस्थित कृष्ण प्रणामी मन्दिरको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित कृष्ण प्रणामी मन्दिरमा नेता बानियाँको पहलमा प्रदेश सरकारबाट ३० लाख रुपियाँ बजेट विनियोजन गराई भवन निर्माण गरिएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गिरीको सभाध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमूख अतिथि बानियाँले नेपालमा चलिआएको धर्म संस्कृतिको जगेर्ना गर्नु अत्यन्तै आवश्यक भएको बताउँदै आफूले विगतदेखिनै सबै धर्मालम्बीहरुको धर्मसंस्कृतिलाई जोगाउन सक्दो सहयोग गरेको बताए ।
नेता बानियाँले मन्दिरमा बाँकी पूर्वाधार निर्माणमा पनि सहयोगको आवश्यक्ता सम्झन आग्रह गर्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सल्लाहकार एवं मनहरी गाउँपालिका संयोजक भरत पराजुली, जिल्ला सदस्य नवराज सुवेदी, मनहरी ७ नम्बर वडाअध्यक्ष ठाकुरराम तितुङ, साविक कांग्रेस मनहरीका सभापति नारायण उप्रेती,कांग्रेसका नेताहरु रञ्जन कालाखेती, प्रकाश बर्तौलालगायतले मनतव्य व्यक्त गरेका थिए ।
