पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा आज पहिलो पटक नेकपा सचिवालयको बैठक बस्दै

तु खबर संवाददाता
२०७६ भाद्र ९, सोमबार १२:३३
file-photo

मकवानवुर, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरू भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरू भएको हो ।

बैठकले पार्टीको सांगठनिक एकता एवम् केन्द्रीय सदस्यहरूको कार्यविभाजनको बाँकी काम सक्ने गरी छलफल गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा आज पहिलोपटक बैठक बसेको हो ।

यसअघि बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्त रूपमा गर्दै आएका थिए।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि लामो समय सिंगापुरमा रहेका छन् ।

प्रचण्डको अध्यक्षतामा बस्ने आजको बैठकले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ नागरिक मञ्चको टुंगो लगाउने तयारी गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*