काँग्रेसले यही भदौ २० र २१ गते प्रदेश ३ महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने
मकवानपुर, १८ भदौ । नेपाली काँग्रेसले प्रदेश नं। ३ का १३ जिल्ला मध्ये ७ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।
काँग्रेसले यही भदौ २० र २१ गते प्रदेश–३ का १३ जिल्ला मध्ये ७ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको हो ।
काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश ३ का दुई स्थानमा प्रशिक्षण आयोजन गर्ने पूर्वनिर्णय अनुसार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९, वोडे स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा प्रशिक्षण सञ्चालन गर्न लागेको हो ।
सो प्रशिक्षणमा प्रदेश नं ३ रहेका १३ जिल्ला मध्ये काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका महाधिवेशन प्रतिनिधिहरु प्रशिक्षणमा सहभागी हुनेछन् ।
बाँकी रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुली जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रम आयोजना गरिने काँग्रेसले जनाएको छ ।
