रजिष्ट्रारमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सांसदको माग
काठमाडौं, १२ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुर्याललाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न सांसद पुष्पा भुसालले माग गरेकी छिन् ।
संसदमा सोही विषयबारे बोल्दै कांग्रेस संसदीय दलकी सचेतक समेत रहेकी भुसालले दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेकी हुन् ।
सांसद भुसालले वैधानिक ढंगबाट नियुक्त भएको व्यक्तिलाई भय सिर्जना गरेर राजीनामा दिन बाध्य गारउन खोजिएको भन्दै यस्ता कार्य बन्द गराउन माग गरिन् ।
प्रतिष्ठान बचाउ अभियानका प्रतिनिधिहरुले रजिष्ट्रार प्याकुर्यालमाथि बुधबार कार्यकक्षमै दुर्व्यवहार गरेका थिए ।
