काँग्रेस निकट आदिवासी जनजाती विभाग मकवानपुरले भदौ महिनाभित्र गाउँपालिका स्तरीय भेला सम्पन्न गर्ने

तु खबर संवाददाता
२०७६ भाद्र १९, बिहीबार १७:४०

मकवानपुर, १९ भदौ । नेपाली काँग्रेस निकट आदिवासी जनजाती विभाग मकवानपुरले भदौ महिनाभित्र मकवानपुरका ८ गाउँपालिकामा गाउँपालिका स्तरीय भेला तथा संगठन सुदृढीकरण गर्ने भएको छ ।

विभागले मकवानपुरको पार्टी सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा मकवानपुरका ८ गाउँपालिकामा भदौ महिनाभित्र गाउँपालिका स्तरीय भेला तथा संगठन सुदृढीकरण गर्न लागेको संयोजक भीमबहादुर भोम्जनले जानकारी दिए ।

जनजाती विभागले भदौ २२ गते बाग्मती गाउँपालिका, २३ गते बकैया, २५ गते भीमफेदी, २६ गते ईन्द्रशरोबर गाउँपालिकामा गाउँपालिका स्तरीय भेला र संगठन सुदृढिकरण गर्ने भएको हो ।

त्यस्तै २७ गते मकवानपुरगढी, २९ गते मनहरी, ३० गते राक्सीराङ र भदौ ३१ गते कैलाश गाउँपालिकामा भेला तथा संगठन सुदृढिकरण गर्न लागेको संयोजक भोम्जनले बताए ।

विभागले थाहा नगरपालिका र हेटौँडा उपमहागरपालिकाको भेला भने असोज दोश्रो सातासम्म सम्पन्न गर्ने तयारी रहेको भोम्जनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*