काँग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा खनाल र सापकोटा चयन
मकवानपुर, २० भदौ । नेपाली काँग्रेस मकवानपुरको प्रतिनिधिसभा अन्तरगतको दुई क्षेत्रको सभापतिमा खनाल र सापकोटा चयन भएका छन् ।
काँग्रेस मकवानपुरको शुक्रबार केन्द्रीय प्रतिनिधिको रोहबरमा जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल र क्षेत्र नम्बर २ को सभापतिमा यतिराज सापकोटालाई चयन गरिएको हो ।
नेपाली काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि कृष्णप्रसाद न्यौपानेको रोहबरमा बसेको जिल्ला कार्यसमितिको बैठकले स्थानीय तह पुर्नसंरचनाको अन्तरिम निर्देशिका २०७६ बमोजिम खनाल र सापकोटालाई क्रमशः १ र २ नम्बर प्रतिनिधिसभा सभापतिमा चयन गरिएको हो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा साविक १ नम्बर क्षेत्रीय सभापति खनाल र ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई मध्ये बढी कार्यकाल क्षेत्रीय सभापति भएका खनाललाई प्रतिनिधिसभा क्षेत्र नम्बर एकको सभापतिमा चयन गरिएको केन्द्रीय प्रतिनिधि न्यौपानेले बताए ।
त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा साविक २ नम्बर क्षेत्रीय सभापति सापकोटा र ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान मध्येबाट भुगोल, क्रियाशिल सदस्यता र क्षेत्रीय प्रतिनिधिको आधारमा सापकोटालाई क्षेत्र नम्बर २ प्रतिनिधिसभा सभापतिमा चयन गरिएको हो ।
दुवै प्रतिनिधिसभा क्षेत्रमा पदाधिकारी र सदस्य भने साविक दुई÷दुई क्षेत्रीय कमिटिका पदाधिकारी र सदस्यहरु कांग्रेसको स्थानीय तह पूर्नसंचरचना अन्तरिम निर्देशिका बमोजिम कार्यसमितिमा स्वतः रहने केन्द्रीय प्रतिनिधि न्यौपानेले जानकारी दिए ।
