गणेशमान सिंहको २२ औं स्मृति दिवसमा शोकसभा

तु खबर संवाददाता
२०७६ आश्विन २, बिहीबार १७:३९

मकवानपुर, २ असोज । नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको २२ औँ स्मृति दिवसमा बिहीबार (आज) हेटौंडामा शोकसभा गरेको छ ।

शोकसभा कार्यक्रम काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको हो ।

सभापति बानियाँले एकदलिय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलिय प्रजातन्त्र ल्याउन महत्वपूर्ण भूमिका लौहपुरुष सिंहको रहेको बताउँदै जेल तोडेर भागी वीपी कोइरालासंग मिलेर २००३ सालमा कांग्रेस स्थापना गरी राणा हटाउने क्रान्तिका अगुवा रहेको स्मरण गराएका थिए ।

शोकसभा कार्यक्रममा वक्ताहरुले बीर गणेशमान सिंहको नेपाललाई यहाँसम्म ल्याउन र नेपाली कांग्रेसलाई यो स्थानसम्म पु¥याउन महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपी विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु, क्षेत्रीय सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमूखहरुको उपस्तिथि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*