नेता नेपालको अन्य राजनीतिक दललाई चेतावनी : नेकपा निरंकुशताको पक्षमा छ भन्ने हल्ला नफिजाउनुस्

तु खबर संवाददाता
२०७६ आश्विन ८, बुधबार १४:३६
file photo

काठमाडौं, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताएका छन् ।

नेकपाका विदेश विभाग प्रमुख समेत रहेका उनले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी निरंकुशताको पक्षमा नरहेको भन्दै हावा नफिजाउन पनि अन्य राजनीतिक दलहरुलाई चेतावनी दिए ।

पार्टी विदेश विभागले आयोजना गरेको ‘कम्युनिष्ट पार्टीहरुको एशीया प्रशान्त क्षेत्रीय सम्मेलन’ को बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले सो कुरा बताएका छन् ।

वरिष्ठ नेता नेपालले नेपालको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सति सालभैm उभिएर काम गरेकाले विश्वमा आफ्नो पार्टीले निर्वाचनको माध्यामबाट जनताको विश्वास लिएर शासन सत्ता संचालन गर्ने मौका पटकपटक पाउने गरेको पनि स्मरण गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*