राजनीति/ समाज

यसरी घेराबन्दीमा परे चन्द समूहका २१ नेता

नेत्रविक्रम चन्द समूहका नेताहरू बबई गाउँपालिकाको पुरन्धाराबाट अमिलिया हुँदै नेपाल–भारत नाका क्षेत्रमा दुई दिनअघि नै प्रवेश गरेका थिए । उनीहरू बुधबार राजपुर गाउँपालिका–४, मुग्रेठा खोलास्थित जंगलको बीचमा मानिस नबस्ने गरेको ज्ञानेन्द्र वलीको घरमा पुगे । त्यही घरमा बास बसे । राति बैठक गरे । मध्यरातसम्म बैठक गरेका चन्द समूहका नेता त्यसपछि ढुक्कैले सुते ।...

काँग्रेसले यही कात्तिक १ र २ गते प्रशिक्षण हुने

काठमाडौं, ३० असोज । नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दैछ । काँग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काँग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको पार्टी कार्यालय सचिव मुक्ति आचार्यले...

राजपा महाधिवेशन फेरि सर्ने

राष्ट्रिय जनता पार्टी (राजपा) ले तेस्रोपटक तोकिएको मितिमा पनि महाधिवेशन गर्न नसक्ने भएको छ । कात्तिक २८–३० सम्म महाधिवेशनको मिति तोकिएको थियो । अहिलेसम्म तयारी अघि नबढेकाले चौथोपटक मिति तोक्न पार्टीभित्र छलफल सुरु भएको छ । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कात्तिक ३ गते बस्ने अध्यक्ष मण्डलको बैठकले तोकिएको मितिमै महाधिवेशन गर्ने...

नेकपा हेटौंडा उपनगर कमिटीको टुङ्गो लाग्यो

मकवानपुर, २९ असोज । नेकपा मकवानपुरले हेटौंडा उप–महानगरपालिका नगरकमिटीको टुङ्गो लगाएको छ । मंगलबार नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्दलको अध्यक्षतामा भएको कार्यालय टिमको बैठकले नगरकमिटी टुङ्गो लगाएको हो । पूर्व एमाले र माओबादीबीच सहमतीका आधारमा एक सय १ सदस्य नगरकमिटीमा रहने गरी टुङ्गो लगाएको हो । नेकपाका केन्द्रीय सदस्य...

नेकपाको चियापान बुधबार हुने

काठमाडौं, २८ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही असोज २९ गते (भोली) बुधबार शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ । नेकपाले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ ।...

जनसरकार प्रमुख क्षेत्रबहादुर पहरीको स्मृतिमा श्रद्धाञ्जलीसभा

मकवानपुर, २८ असोज । अति सिमान्तकृत पहरी समुदायका अगुवा तथा तत्कालिन नेकपा माओवादी राईगाउँका जनसरकार प्रमुख क्षेत्रबहादुर पहरीको स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित राईगाउँमा रहेको पहरी निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमतीले उनको १३ औं दिनको पुण्य तिथीमा सोमबार श्रद्धाञ्जलीसभा आयोजना गरेको हो ।...

राजधानी टुंग्याउन मुख्यमन्त्रीको कसरत

२० महिनादेखि अन्योलमा रहेको प्रदेश ३ को राजधानी टुंग्याउन मुख्यमन्त्री डोरमणि पौडेलले कसरत बढाएका छन् । प्रदेश सरकारकै कारण राजधानी टुंग्याउन ढिलाइ भएको गुनासो बढिरहेका वेला मुख्यमन्त्री पौडेलले कसरत थालेका हुन् । मुख्यमन्त्री पौडेलले हेटौँडालाई नै प्रदेशको स्थायी राजधानी कायम राख्न खोजेको सांसदहरूले आरोप लगाइरहेका छन् । तर, मुख्यमन्त्री पौडेल भने राजधानी...

काँग्रेस मकवानपुरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

मकवानपुर, २६ असोज । नेपाली काँग्रेस मकवानपुरले दशैं, तिहार, नेपाल संवत, छठ, क्रिसमत तथा ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गरेको छ । दशै, तिहारको अवसरमा बीपी कोइरालाले २०३४ सालबाट शुरु गरेको चियापान कार्यक्रम काँग्रेस मकवानपुरले हरेक वर्ष झै यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन आज शुभकामना...

आज नेपाली काँग्रेसको चियापन समारोह

मकवानपुर, २६असोज । नेपाली काँग्रेसले पूर्णिमाको दिन अर्थात आर्इतबार (आज) चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ । काङ्ग्रेसले...

आईतबार सार्वजनिक बिदा

काठमाडौं, २४ असोज । संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आईतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि...