नेकपा हेटौंडा उपनगर कमिटीको टुङ्गो लाग्यो

तु खबर संवाददाता
२०७६ आश्विन २९, बुधबार १०:०९

मकवानपुर, २९ असोज । नेकपा मकवानपुरले हेटौंडा उप–महानगरपालिका नगरकमिटीको टुङ्गो लगाएको छ ।

मंगलबार नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्दलको अध्यक्षतामा भएको कार्यालय टिमको बैठकले नगरकमिटी टुङ्गो लगाएको हो ।

पूर्व एमाले र माओबादीबीच सहमतीका आधारमा एक सय १ सदस्य नगरकमिटीमा रहने गरी टुङ्गो लगाएको हो ।

नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडा र केन्द्रीय सदस्य तथा सह–इन्चार्ज कुमारी मोक्तानसहितको उपस्थितीमा नगरकमिटीको टुङ्गो लगाएको हो ।

एक सय १ सदस्यमा ६२ जना सदस्य पूर्व एमालेबाट र ३९ जना पूर्व माओबादीबाट चयन गर्नेगरी टुङ्गो लगाएको बैठकमा सहभागि नेकपा मकवानपुर कार्यालय टिम सदस्य एकालाल श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*