राजनीति/ समाज

मुख्यमन्त्री पौडेल २५ वर्षदेखि स्मारक समितिको अध्यक्ष

‘मुख्यमन्त्री छोड्न सक्छु, तर सहिद स्मारकको नेतृत्व छोड्न सक्दिनँ’, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केही महिनाअघि भनेका थिए । नभन्दै त्यस्तै भएको छ । शनिबार सम्पन्न समितिको १३औँ परिषद् बैठक तथा अधिवेशनबाट पौडेल स्मारक समितिको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । २५ वर्षदेखि उनी नै अध्यक्षमा निरन्तर चयन हुँदै आएका छन् ।...

‘उपनिर्वाचनमा उम्मेदवार विजयी गराउनुस्, पार्टीभित्रको विवाद अन्त्य हुन्छ’ : सभापति देउवा

काठमाडौं, १७ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन् । सभापति देउवाले आज कार्यकर्तासँग छलफल गर्दै पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि काङ्ग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताएका हुन् । पार्टीभित्रको...

आज बस्ने काँग्रेस पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने

मकवानपुर, १७ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बस्ने बैठकले आसन्न उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउने कांग्रेसले जनाएको छ । पदाधिकारी बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पनि सहभागि हुनेछन्...

प्रधानमन्त्री ओलीले बोलाए २ छु्ट्टाछुट्टै महत्त्वपूर्ण बैठक

काठमाडौँ , १७ कात्तिक । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार २ छु्ट्टाछुट्टै महत्त्वपूर्ण बैठक बोलाएका छन् । केही दिनयता स्वास्थ्यका कारण सार्वजनिक कार्यक्रममा सहभागी नभएका उनले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक र पार्टी सचिवालयको बैठक बोलाएका हुन् । ११ बजेका लागि मन्त्रिपरिषद...

सामाजिक सद्भावका लागि छठ पर्वले पनि महत्वपूर्ण भूमिका खेल्छ : मुख्यमन्त्री पौडेल

मकवानपुर, १७ कात्तिक । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सामाजिक सद्भावका लागि छठ  पर्वले छठ पर्वले पनि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । शनिबार छठ पूजा व्यवस्थापन समितिले हेटौंडा–१, राप्तीतटमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले नेपालमा मनाइने विभिन्न पर्वलाई नेपालीको साझा...

उपनिर्वाचनमा दलको अलमल : ठूला दललाई उम्मेदवार छान्नै हम्मे, साना कुर्दै

उपनिर्वाचनका लागि ठूला दललाई उम्मेदवार छान्नै सकस देखिएको छ । जिल्ला तह हुँदै केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारका नाम धेरै भएपछि दलहरूलाई उम्मेदवारबारे निर्णय लिन सकस हुँदै आएको हो । १४ मंसिरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी कुल ५२ पदका लागि उपनिर्वाचन हुँदै छ । सत्तारूढ दल नेपाल...

नेकपाले उपनिर्वाचनका लागि आइतबार उम्मेदवार घोषणा गर्ने

काठमाडौँ, १६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको टु्ंगो लगाउने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको लागि आइतबार उम्मेदवारको टु्ंगो लगाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार, पार्टीका क्षेत्रीय निर्वाचन समयन्वय...

महराको बयान : आफुमाथि लगाइएको आरोपमा सत्यता छैन

काठमाडौं, १५ कात्तिक । बलात्कार प्रयासको आरोपित पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफुमाथि लगाइएको आरोपमा सत्यता नरहेको बताएका छन् । महराले शुक्रबार जिल्ला अदालत काठमाडौंमा भएको बयानमा आफूमाथि लगाइएको आरोपमा सत्यता नरहेको बताएका हुन् । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भइरहेको बयान महराले आफू त्यही बाटो भएर...

उपनिर्वाचनको लागि नेकपा दाङले गर्‍यो ३ जनाको नाम सिफारिस

दाङ, १३ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ । उपनिर्वाचनको लागि चुर्णबहादुर वली, विमला वली र शोभाराम बस्नेतको नाम सिफारिस भएको हो । नेकपा प्रदेश निर्वाचन क्षेत्र नम्बर ३ (ख) का संयोजक चुर्णबहादुर वलीले...

काँग्रेस नेता बानियाँले भने – चरित्र हत्या नगरियोस्

मकवानपुर । पूर्व गृहराज्यमन्त्री तथा साँसद इन्द्रबहादुर बानियाँले जुवाको खालबाट आफू पक्राउ परेको भन्ने समाचार गलत भएको बताएका छन् । आज नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मासहित उनी उपस्थित भई आयोजित पत्रकार सम्मेलनमा साँसद बानियाँले आफ्नो चरित्र हत्या हुने गरी भ्रामक समाचार प्रकाशन नगर्न आग्रह गरेका छन् । एउटा...