काँग्रेस नेता बानियाँले भने – चरित्र हत्या नगरियोस्

तु खबर संवाददाता
२०७६ कार्तिक १०, आईतवार १३:१९

मकवानपुर । पूर्व गृहराज्यमन्त्री तथा साँसद इन्द्रबहादुर बानियाँले जुवाको खालबाट आफू पक्राउ परेको भन्ने समाचार गलत भएको बताएका छन् । आज नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मासहित उनी उपस्थित भई आयोजित पत्रकार सम्मेलनमा साँसद बानियाँले आफ्नो चरित्र हत्या हुने गरी भ्रामक समाचार प्रकाशन नगर्न आग्रह गरेका छन् ।

एउटा संचारमद्यमको गलत समाचार कमीपेष्ट गरेर अन्य संचारमाद्यमले प्रकाशन प्रशारण गरिरहेको भन्दै बानियाँले यसले सबै संचारमाद्यमको विश्वसनियतामाथि असर परिरहेको समेत बताएका छन् ।

हिजो राजधानी काठमाडौँमा एउटा घरबाट जुवा खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरिएपछि पक्राउ पर्नेहरुमध्ये बानियाँ पनि रहेको समाचार सार्वजनिक भएको थियो । पछि संचारमाद्यमहरुले बानियाँको नाम स्रोतको गलत सूचनाका कारण पर्न गएको भन्दै क्षमायाचना समेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*