प्रधानमन्त्री ओलीले बोलाए २ छु्ट्टाछुट्टै महत्त्वपूर्ण बैठक
काठमाडौँ , १७ कात्तिक । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार २ छु्ट्टाछुट्टै महत्त्वपूर्ण बैठक बोलाएका छन् ।
केही दिनयता स्वास्थ्यका कारण सार्वजनिक कार्यक्रममा सहभागी नभएका उनले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक र पार्टी सचिवालयको बैठक बोलाएका हुन् ।
११ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका प्रधानमन्त्रीले त्यसलगत्तै पार्टी सचिवालय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
