राजनीति/ समाज
प्रदेश प्रमुख नियुक्तिमा नेपालको असन्तुष्टि सामान्य हो : प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रदेश प्रमुख नियुक्तलाई लिएर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकट गरेको असन्तुष्टि सामान्य रहेको बताएका छन् । मंगलबार बाँकेको नेपालगञ्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश प्रमुख नियुक्तिको विषयमा माधव नेपाल सन्तुष्ट नरहेको कुरा आइरहेको छ नि भन्ने प्रश्नमा...
सांसद शान्ता चौधरीको गाडी दुर्घटना
दाङ, १९ कात्तिक । नेकपाकी सचेतक शान्ता चौधरीको दुर्घटना भएको छ । सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही–घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति दुर्घटना भएको हो । यद्यपि सो गाडीमा चौधरी थिइनन् । उक्त गाडी सडकबाट झण्डै एक सय मिटर...
आलम : आजदेखि थुनछेक बहस
काठमाडौँ, १९ कात्तिक । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा मंगलबार (आज) देखि थुनछेक बहस हुने भएको छ । सोमबार सरकारी वकिल कार्यालय रौतहटले उनीसहित १० जनालाई कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा जिल्ला अदालत रौतहटमा दर्ता गरेको छ । १२...
काँग्रेसले उपनिर्वाचनको लागि आज उम्मेदवारको नाम टुंग्याउने
मकवानपुर, १९ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली कांँसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार टुंगो लगाउन भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । काँग्रेसले उपनिर्वाचनको लागि उम्मेदवार टुंगो लगाउन आज पदाधिकारी बैठक डाकिएको छ । आइतबार डाकिएको बैठकमा तीन पदाधिकारी अनुपस्थित भएपछि आईतबारको बैठक...
नवनियुक्त प्रदेश प्रमुखले आज सपथ ग्रहण गर्दै
मवानपुर, १९ कात्तिक । नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको सपथ ग्रहण गदैछन् । नवनियुक्त सात वटै प्रदेश प्रमुखहरुले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गराउन लागिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सरकारले आइतबार सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेर सोमबार नयाँ प्रदेश प्रमुख नियुक्त गरेको...
मन्त्रिपरिषद बैठकले टुंगो लगायो कुन प्रदेशमा को प्रदेश प्रमुख
मकवानपुर, १८ कात्तिक । सरकारले सात वटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सात वटै प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो । हेर्नुहोस् कुन प्रदेशमा को प्रदेश प्रमुख –प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी –प्रदेश २ मा तिलक परियार –प्रदेश ३...
नेकपाले टुंगो लगायो सात वटै प्रदेश प्रमुखको नाम
मकवानपुर, १८ कात्तिक। नेपाल कम्युनिस्ट पार्टी नेकपाले सातै वटा प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो । बैठकमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी...
प्रदेश नं. ३ सहित सातै प्रदेश प्रमुख पदमुक्त
मकवानपुर, १८ कात्तिक । कांग्रेस नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखहरूलाई एकैसाथ हटाइएको छ । उनीहरूलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पदमुक्त गरेकी हुन् । शेर बहादुर देउवा नेतृत्व सरकारले २०७४ माघ ३ मा नियुक्त गरेको उनीहरु झन्डै २२ महिनापछि पदमुक्त भएका हुन् । प्रधानमन्त्री निवास...
प्रधानमन्त्रीको उपचार अब कसरी-डायलाइसिस कि प्रत्यारोपण ?
मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे आइतबार पनि टुंगो लागेन । अघिल्लो साता सुरु गरिएको डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरूसँग परामर्श जारी राखेका छन् । सत्तारूढ नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको उपचार पद्धति...
नेकपाको निर्वाचन परिचालन कमिटी गठन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ का इन्चार्ज एवं पार्टी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भक्तपुरमा नेकपाले जनताको मन जित्न सफल भएकाले फेरि पनि नेकपाको नै जित सुनिश्चित रहेको बताएकी छिन् । नेकपा भक्तपुरले कमलविनायकमा आयोजना गरेको निर्वाचन परिचालन कमिटी गठन कार्यक्रममा उनले पार्टीका इमानदार नेता हरिशरण लामिछानेको निधन भए...









