नवनियुक्त प्रदेश प्रमुखले आज सपथ ग्रहण गर्दै
मवानपुर, १९ कात्तिक । नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको सपथ ग्रहण गदैछन् ।
नवनियुक्त सात वटै प्रदेश प्रमुखहरुले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गराउन लागिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सरकारले आइतबार सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेर सोमबार नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
जसअनुसार, सोमनाथ अधिकारीलाई प्रदेश १, तिलक परियारलाई प्रदेश २, विष्णुप्रसाद प्रसाईंलाई प्रदेश ३ र अमिक शेरचनलाई गण्डकी प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।
त्यस्तै धर्मनाथ यादव प्रदेश ५, गोविन्दप्रसाद कलौनी कर्णाली प्रदेश र सर्मिलाकुमारी पन्त सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएको थियो ।
