नेकपाले टुंगो लगायो सात वटै प्रदेश प्रमुखको नाम

तु खबर संवाददाता
२०७६ कार्तिक १८, सोमबार १४:१५
file-photo

मकवानपुर, १८ कात्तिक। नेपाल कम्युनिस्ट पार्टी नेकपाले सातै वटा प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ ।

नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो ।

बैठकमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको नेकपा प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।

यद्यपि बैठकले नाम ढुंगो लगाए पनि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेबारे मन्त्रिपरिषद्ले टुंगो लगाउने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*