मन्त्रिपरिषद बैठकले टुंगो लगायो कुन प्रदेशमा को प्रदेश प्रमुख

तु खबर संवाददाता
२०७६ कार्तिक १८, सोमबार १७:०२

मकवानपुर, १८ कात्तिक । सरकारले सात वटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सात वटै प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो ।

हेर्नुहोस् कुन प्रदेशमा को प्रदेश प्रमुख

–प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी
–प्रदेश २ मा तिलक परियार
–प्रदेश ३ मा बिष्णु प्रसाई
–गण्डकी प्रदेशमा अमिक शेरचन
–प्रदेश ५ मा धर्मनाथ यादव
–कर्णालीमा गोविन्द कलौनी
–प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको छ ।

यसअघि आज नै नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखका लागि नाम सिफारिस गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*