महराको बयान : आफुमाथि लगाइएको आरोपमा सत्यता छैन
काठमाडौं, १५ कात्तिक । बलात्कार प्रयासको आरोपित पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफुमाथि लगाइएको आरोपमा सत्यता नरहेको बताएका छन् । महराले शुक्रबार जिल्ला अदालत काठमाडौंमा भएको बयानमा आफूमाथि लगाइएको आरोपमा सत्यता नरहेको बताएका हुन् ।
जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भइरहेको बयान महराले आफू त्यही बाटो भएर गए पनि पीडितको घरमा भने नपसेको बताए छन् । बयान सकिएपछि शुक्रबारदेखि नै थुनछेक बहस सुरु हुनेछ ।
बयानमा महराले पीडित महिलालाई आफूले २०४७ सालदेखि नै चिन्दै आएको बताएका छन् । ‘२०४७ सालदेखि झण्डै चार वर्ष मेरो घरमा बसेकी हुँदा निजलाई मैले सोही समयदेखि चिन्छु,’ बयानमा उनले भने ।
