‘अबको हाम्रो मिसन संविधान संशोधन गराउँदै स्वीकार्य बनाउने हो’ : गगन थापा

तु खबर संवाददाता
२०७६ आश्विन ७, मंगलवार १५:४९
file-photo

जनकपुरधाम, ७ असोज । नेपाली काँग्रेसका नेता गगन थापाले सत्तामा बसेर संविधानको विरोध गर्नु ‘निर्लज्जता’ भएको टिप्पणी गरेका छन् ।

जनकपुरधाममा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले भने, ‘सत्तामा पनि बस्ने, अनि त्यहीँ संविधानको बिरोध पनि गर्ने कार्य जनतालाई भ्रमित बनाउनुबाहेक केहि पनि होइन ।’

संघीय सरकारको बेइमानीमा समाजवादी पार्टीले सघाएको भन्दै उनले पार्टी अध्यक्षसँग लडेर संघीय सरकार छाडेर देखाउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई चुनौती दिए ।

संविधानमा केही कमीकमजोरी भएकै कारण कांग्रेसले संशोधनको मुद्दा उठाएको उनले बताए । ‘अबको हाम्रो मिसन संविधान संशोधन गराउँदै स्वीकार्य बनाउने हो’ उनले भने ।

थापाले संघीय सरकारको पनि आलोचना गरे । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक र व्यवस्था खतरामा रहेको भनिरहेको भन्दै उनले उनीहरु आफैं यो व्यवस्थालाई खतरामा पार्न लागेको आरोप लगाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*