राजनीति/ समाज

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्नुअघि आज बुधबार पनि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । सभामुखको आह्वानमा विहान ११ ३० बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको छ । प्रतिनिधि सभाको दशौं अधिवेशनको पहिलो दिन मंसिर २८ गते कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको थियो । यस्तै पुस ६...

बागमती प्रदेशसभा बैठकअघि कार्यपरामर्श समितिको बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठकअघि कार्य परामर्श समितिको बैठक बस्दैछ । संसद् संभालनको लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठक ११ः३० बजे बस्ने र सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूचि तय हुनेछ । दिउँसो १ बजेका लागि प्रदेशसभाको ९ औँ अधिवेशन...

बागमती प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बुधबार बस्दैछ । दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएपछि प्रदेशसभाको बसेको छैन । आजको बैठकको कार्यसूची भने सार्वजनिक गरिसकिएको छैन । मुख्यमन्त्री पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार...

सदनमा एमसीसी प्रस्तुत गर्नु हाम्रो दायित्व हो – गृहमन्त्री खाँण

धनुषा । सरकारका गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौता सदनमा प्रस्तुत गर्ने सरकारी भएको र त्यसलाई पुरा गरिने बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा भएकाले त्यसलाई सदनमा प्रस्तुत गर्नु वर्तमान सरकारको दायित्व भएको बताए । ‘एमसीसी पूर्ववर्ती सरकारका पालामै अघि बढेको...

संखुवासभामा कुटपिटबाट २ जनाको मृत्यु

संखुवासभा । संखुवासभामा दुई स्थानमा भएको कुटपिटबाट दुई जनाको मृत्यु भएको छ । कुटपिटबाट पाँचखपन नगरपालिका ३ की २९ वर्षीया विष्णुमाया राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । प्रहरीले विष्णुमायाको हत्यामा संम्लग्न भएको आरोपमा श्रीमान दिपन राईलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक अधिकारी...

हेटौंडामा एमसीसी खारेजीको माग गर्दै प्रदर्शन

मकवानपुर । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरुद्धमा हेटौंडामा प्रदर्शन भएको छ । आज मंगलबार दिउँसो हेटौंडाको सिमाचोकमा नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपा मकवानपुर, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर, नेकपा मसाल मकवानपुर, देशभक्त जनगणतान्त्रिक मोर्चा मकवानपुर र राष्ट्रिय जनसरोकार मंच नेपाल मकवानपुरको संयुक्त आयोजनामा एमसीसी खारेजीको माग राख्दै प्रदर्शन गरिएको...

पुनः संचालनमा आयो सुर्खेत विमानस्थल

सुर्खेत । करिब एक महिनादेखि बन्द रहेको सुर्खेत विमानस्थल पुनः संचालनमा आएको छ । धावनमार्ग मर्मतको काम सकिएपछि आजदेखि विमानस्थल सञ्चालनमा आएको हो । धावनमार्ग मर्मत गर्न मंसिर १० गतेदेखि विमानस्थल बन्द गरिएको थियो । यसबीचमा हेलिकप्टर मात्र अवतरण र उडान हुने व्यवस्था मिलाइएकोमा अब जहाज अवतरण र उडानसमेत...

कांग्रेस मधेशी खुलातर्फको केन्द्रीय सदस्यमा चौरसीया पहिलो नम्वरमा

काठमाडौँ ।  नेपाली काँग्रेसको मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा संस्थापन पक्षको वर्चश्व देखिएको छ । ४ हजार ६ सय ६७ मत खसेकोमा अजय चौरसियाले २ हजार ५ सय २२ मत ल्याएर पहिलो स्थानमा उभ्याएका छन् । यस्तै दोस्रो नम्बरमा २२०६ मतसहित विनोद चौधरी विजयी भएका छन् । तेस्रो नम्बरमा चन्द्रमोहन...

विवेकशील साझाका संयोजक पाण्डेले बनाए समानान्तर कमिटी

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले समानान्तर कमिटी बनाएका छन् । पार्टीका अध्यक्ष मिश्रले संघीयता खारेजी, धर्म निरपेक्षतामा जनमतसंग्रहको एजेण्डामा पार्टी अगाडि बढाएपछि त्यसमा असहमती जनाउँदै पाण्डेले बुधबार समानान्तर कमिटी बनाएका हुन् । यता पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको छ । अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने...

दलहरु मुकदर्शक भएर बस्न मिल्दैन : बार अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरु मुकदर्शक भएर बस्न नमिल्ने बताएका छन् । सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा राजनीतिक दलहरु मुकदर्शक भएर बस्न नमिल्ने बताएका हुन् । ‘प्रधानमन्त्रीदेखि लिएर प्रतिपक्ष...