राजनीति/ समाज
प्रधानमन्त्री देउवा पुस अन्तिममा भारत जाने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिम सातामा भारत भ्रमणमा जाने भएका छन् । उनीभारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत जान लागेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोपा–२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए । नेपाली कांग्रेसको सभापतिमा पुनः...
मकवानपुर प्रहरीद्वारा साढे ३० किलो गाँजा बरामद, २ जना पक्राउ
मकवानपुर । साढे ३० किलो लागूऔषध गाँजासहित हेटौंडाबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धनुषा नगराईन नगरपालिका वडा नम्वर–२ निवासी ३४ बर्षीय सुबोध मण्डल र पर्सा पटेरवा सुगौली गाउँपालिका वडा नम्वर–३ निवासी बर्ष ३९ को मुकेश राउत थारु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले...
कांग्रेसका पदाधिकारी र सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गरिने
काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गर्ने भएको छ । सचिव केशव रिजालका अनुसार, शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने भएको हो । कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र...
शिक्षा क्षेत्रका समस्या समाधानमा कांग्रेसले काम गर्छ : बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले शिक्षा क्षेत्रमा रहेका समस्या समाधानमा कांग्रेसले काम गर्ने बताएका छन् ।धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ छाप्थोकस्थित सुन्दरी माविको ६० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै बानियाँले विगतदेखि नै कांग्रेस शिक्षा क्षेत्रलाई प्राथमिकता दिंदै आएको बताउँदै यसमा देखिएका समस्या समाधान गर्ने बताए...
कांग्रेस केन्द्रीय सदस्य (जनजातितर्फ खुल्ला) मा १५ जना निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फबाट १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । १५ जना केन्द्रीय सदस्यमा १४ जना देउवा पक्षका निर्वाचित भएका हुन् । देउवा समूहबाट चिनकाजी श्रेष्ठ २३०८, उमेश श्रेष्ठ २१४४ , बहादुरसिंह लामा २११४, दिलमान पाख्रिन १९७६, टेकबहादुर गुरुङ १९०६ , आङ्गेलु...
कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी
जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । आज (शुक्रबार) बिहान सार्वजनिक मत परिणामअनुसार, संस्थापन पक्षका यादव सभापतिमा विजयी भएका हुन् । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । उनले ९९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राम...
दस्तावेजमाथि छलफल गर्न माओवादी स्थायी कमिटी बस्दै
काठमाडौं । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले सम्मेलनमा पेश गर्ने दस्तावेजमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । माओवादीले भोलि शुक्रबार बिहान साढे ८ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको हो । यही पुस ११ गतेबाट सुरु हुने सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने...
प्रदेश २ को नाम मधेस राख्न तीन दलको प्रस्ताव
जनकपुरधाम । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश २ को नाम मधेश राख्न प्रस्ताव गरेका छन् । आज (बिहिबार) बसेको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् । विपक्षी दल...
एमालेका उपसचिव एकीकृत समाजवादीमा प्रवेश
काठमाडौं । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । धिताल आज (बिहिबार) कोहलपुरमा आयोजित कार्यक्रममा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएको सो पार्टीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिए ।...
माओवादीको राष्ट्रिय सम्मेलनमा प्रवासबाट ३५ प्रतिनिधि सहभागी हुने
काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा प्रवासबाट ३५ जना प्रतिनिधि सहभागी हुने भएको छ । यही पुस ११ गतेदेखि काठमाडौंमा तय भएको सम्मेलनमा प्रवासबाट ३५ जना प्रतिनिधि सहभागी हुने भएको हो । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिको आयोजनामा नेपाली जन प्रगतिशील मञ्चको प्रथम अन्तरराष्ट्रिय भेलाबाट ३५ प्रतिनिधिको...










