माओवादीका दुई जिल्ला सदस्यसहित एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश
मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरका दुई जिल्ला सदस्यसहित एक दर्जन नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । आज हेटौंडाको नेकपा एमाले पार्टी कार्यलयमा भएको पार्टी प्रवेश कार्यक्रममा माओवादीका जिल्ला सदस्य धर्मराज पुडासैनी र परमानन्द मिश्र एमालेमा प्रवेश गरेका हुन् ।
यसैगरी, पार्टी प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका नगरकमिटी सदस्य सादुराम राउत, होमनाथ खनाल, माओवादी हेटौंडा–८ का वडा सचिव सुजन कार्की, वडा कमिटी सदस्यहरु साधुराम ग्यावा, सुर्य खनाल, रिता अधिकारी, वाईसियल जिल्ला सदस्य विराज गौतम, सन्तोष डंगोल, लक्षु उप्रेती, अमृत डिडमडुम, प्रदिप मिश्र लगायत रहेका छन् ।
उनीहरुलाई एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य कृष्णप्रसाद दाहालसहितका टोलीले पार्टीमा स्वागत गरेका थिए ।

