नेकपा समाजवादी र जनवादीबीच पार्टी एकता घोषणा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी ) बीच पार्टी एकता घोषणा भएको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच एकता घोषणा गरिएको हो ।
साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वाेच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग–अलग भए । आन्तरिक किचलोका कारण अन्ततः एमाले विभाजन भएर नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका थिए ।
एकीकृत समाजवादीलाई गत भदौ ९ मा निर्वाचन आयोगले दलको मान्यता दिएको थियो । नयाँ दल दर्ता गरेको पाँच महिनापछि नेपाल वामपन्थी पार्टीबीच एकता अभियानमा लागेका छन् । केही दिनअघि उनले पुस १३ मा विभिन्न दलबीच एकता हुने घोषणा गरेका थिए ।
